८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

गायिका सुस्मिता स्याङ्तान र गायक जोगलाल लामाको आवाजमा ‘ह्याङला ब्रेल्साङ्’



काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक जोगलाल लामाको आवाजमा रहेको
‘ह्याङला ब्रेल्साङ्ले राम्रो चर्चा पाइरहेको छ ।

मिलन लो तामाङको शब्द र संगीतमा तयार गरिएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन ।
उक्त गीत मिलन लो तामाङको आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

तामाङ समुदायमा हुने विवाह परम्परा र संस्कार संस्क्रितीको कुरा जोडेर
उक्त गीत तयार गरिएको छ । निर्माण टिमका अनुसार यस गीतमा ठट्यौली शैलीमा
पनि विवाहको कुरालाई उठान गरिएको छ ।

 

प्रकाशित : १७ माघ २०७८, सोमबार ००:००