१ चैत्र २०८०, बिहिबार । March 14, 2024

Breaking

माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित



काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा सोमबार अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गरेका थिए। अध्यक्षमा निर्विरोध पुन निर्वाचित भएपछि प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेका थिए ।

नवर्निवाचित केन्द्रीय सदस्यहरूको शपथसँगै माओवादीको केन्द्रीय समितिको बैठक बसेको थियो। यहि बैठकले सबै पदाधिकारी टुंगो लगाउने बताईए पनि अध्यक्ष बाहेकको पदाधिकारीको टुङ्गो नलगाई बैठक सकिएको छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार ००:००