१८ आश्विन २०८१, शुक्रबार । October 4, 2024

Breaking

तराईमा अत्याधिक चिसो बढ्यो जनजीवन कष्टकर बन्दै


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ । तराईमा जिल्लामा चिसो धरै बढेको छ । हिजो बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ ।
अझै केही दिन तराईका सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँकाअनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही शीतलहरको जोखिम रहेको छ ।

बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदूरी गरी जीवनयापन चलाउनेहरु समस्यामा परेका छन् ।

चिसो बढेपछि महोत्तरीमा दाउरा बालेर आगो ताप्नेहरु बढेका छन् । यतिबेला उखु खेती स्याहार्ने बेला भएकाले उखु किसान भने चिसोका बाबजुत पनि खेतबारीमा जान बाध्य छन् । चिसोबाट बाँच्न उनीहरुले काम गर्दै गर्दा सुकेको उखुका पातलाई जलाएर आगो ताप्ने गरेका छन् ।
आज काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । हिजो न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस थियो । काठमाण्डौ उपत्यकालगायत केही जिल्लामा घाम लागे पनि चिसो हावा चल्ने भएकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् । तर, चिसो बढे पनि तत्काल पानी भने नपर्ने मौसमविद्को भनाइ छ ।

वर्षा र हिमपात गराउने पश्चिमी वायुको शक्तिशाली प्रणाली नेपाल प्रवेश नगर्दा यसपालि हिउँ समेत राम्ररी परेको छैन । हिउँ नपर्दा सेता हिमाल काला हुँदै गएका छन् । हिउँ पर्न छाडेपछि लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००