५ श्रावण २०८१, शनिबार । July 20, 2024

मनोरञ्जन

साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को प्रदर्शन मिति तय


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । भारतमा निर्माताले प्रदर्शन मिति पनि धमाधम तोक्न थालेका छन् । नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र नोभेम्बर ५ तारिखबाट रिलिज हुने पक्का भएको छ । नायक साहिद कपुरले सामाजिक संजालबाट चलचित्र तिहारमा रिलिज हुन लागेको बताएका हुन् ।

चलचित्रमा म्रुनाल ठाकुर र पंकज कपुरको पनि मुख्य भूमिका छ । यो तेलुगु चलचित्र ‘जर्सी’को रिमेक चलचित्र हो ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००