काठमाडौं २९ पुस । संसद विघटनविरुद्धका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायाधीश सपना प्रधान मल्ल सहितको संवैधानिक इजलास गठन गरेका छन् ।
संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएपछि उनको स्थानमा सपना प्रधान मल्ललाई राखिएको हो । संवैधानिक इजलासमा अन्य न्यायाधीश यथावत छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । विघटनविरुद्ध विरुद्ध परेको १३ रिट मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै पुस २२ गते पूरक निवेदन दिएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।
प्रतिक्रिया