१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमियो : सञ्चारमन्त्री गुरुङ



काठमाण्डौ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताएका छन् ।
क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पारे । “ताजा जनादेशमा जाने कुरा प्रतिगामी हुुन सक्दैन, असंवैधानिक हुन सक्दैन,” उनले भने “मलाई के लाग्छ भने आज सडक आन्दोलन गर्नेहरुले पनि चुनावकै तयारी गरिरहेको हो भन्ने स्पष्ट भईसकेको छ ।”
मन्त्री गुरुङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘चुनावका जाने बेला कहाँ संसद पुनस्र्थापना हुन्छ ?’ भनेर भने प्रसंग समेत उल्लेख गरे । मुलुक अनिर्णयको बन्दी बन्नु प¥यो, यस्तो अवस्थामा जनादेश लिनका लागि निर्वाचनमा जाने कुरा प्रतिगामी, असंवैधानिक हुुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो । मन्त्री गुरुङले आज प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री केपी ओलीको टाउँको हान्ने रणनीति लिएर लोकतान्त्रिक गणतन्त्रकै टाउँकोमा हान्ने, संविधानकै टाउँकोमा हान्ने, राष्ट्रियता र शासन प्रणालीमाथि नै हान्ने असफल प्रयास गरेको आरोप लगाए । जनयुद्ध कालमै असफल भईसकेको त्यो रणनीति आज पनि सफल नहुने चर्चा गर्दै मन्त्री गुरुङले त्यो असफल यात्रामा लागेर कोही कसैले राजनीतिक बाटो लिन नपर्ने बताए । उनले जनता निर्वाचनको पक्षमा उभिएको, राजनीतिक दलहरुले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनको तयारीमा जुटन पनि सबैलाई आह्वान गरे ।
मन्त्री गुरुङले पत्रकारहरुले पनि मुलुकमा अस्थिरता ल्याउने, द्धन्द्धमा फसाउने, बलिरहेको आगोमा घिउ थप्ने खालका गतिविधि गर्न नमिल्ने बताए । उनले पत्रकारिता क्षेत्रलाई मर्यादित, सम्मानित र जिम्मेवार बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार ००:००