७ श्रावण २०८१, सोमबार । July 23, 2024

मुख्य खबर

नेकपा प्रचण्ड–माधव समूहद्धारा मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन



विराटनगर २८ पुस। प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सहित आठ जना प्रदेशसभा सदस्इहरुलाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
अविश्वासको प्रस्ताव दर्ता गराएको मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदलाई निलम्बन गरिएको हो ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरिएको छ ।
निलम्बनको जानकारी आइतबार नै प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार ००:००