१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरू तीन सातादेखि धर्नामा



काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरू तीन सातादेखि आन्दोलनमा छन् । त्रिविको दरबन्दीमा करार गर्नुपर्ने माग गर्दै उनीहरूले २ पुसदेखि उपकुलपति कार्यालयमा धर्ना दिइरहेका छन् ।

एक शैक्षिक सत्र पूरा गरेका सबै आंशिक प्राध्यापकलाई त्रिविको दरबन्दीमा करार गर्नुपर्ने, समान कामको समान ज्याला हुनुपर्ने, र बौद्धिक शोषण अन्त्य हुनुपर्ने जस्ता माग राखेर आन्दोलनमा उत्रिएका हुन । त्रिवि आंशिक प्राध्यापक संघका अनुसार त्रिविका ४१ आंगिक क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापक समस्यामा छन् । त्रिविले वार्ता समिति बनाएरै वार्ता भइरहेपनि अहिलेसम्म निष्कर्ष निस्किन सकेको छैन ।

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००