५ बैशाख २०८१, बुधबार । April 17, 2024

मुख्य खबर

जनसेवा माविले स्वर्ण महोत्सव मनाउँदै

राष्ट्रपति भण्डारीको उपस्थितिहुने



मोरङ । मोरङको कानेपोखारी गाउँपाकिाल—६ स्थित जनसेवा माध्यामिक विद्यालयले खेलकुद, हाजिर जवाफ, चित्रकला प्रतियोगिता लगायतको विभिन्न कार्यक्रम गरेर आफ्नो स्वर्ण जयन्ति मनाउने भएका छन् ।
यही माघ १० देखि २५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर आफ्नो ५० औं स्थापना दिवस मनाउने भएको हो । विद्यालयले आज ९आइतबार० पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण जयन्तिको बारे जानकारी गराएको हो । माघ २५ गते राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा भब्य स्वर्ण जयन्ति मनाउन तयारी भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अम्बिका अर्याल बताए ।
कार्यक्रम अवधिभर विभिन्न व्यक्तिलाई सम्मान, विभिन्न खेलकुद, चित्रकला, अक्षकोष स्थापना, पूर्व विद्यार्थीको पुनर मिलन लगायतको कार्यक्रम गरिने विद्यालयको प्रधानाध्यापक दामोदर सिग्देलले बताए । कक्षा १२ सम्म बढाइहुदै गरेको विद्यालयमा एक हजार २६८ जना विद्यार्थी अध्ययन गर्दै गरेको प्रअ सिग्देलले बताए ।

प्रकाशित : ६ माघ २०७५, आइतबार ००:००