१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

तस्बिर

माघी पर्व, यले सम्बतदेखि कक्फेक्वा तङनाम सम्मका झलकहरु



आज माघ १ गते नेपालभर विशेष उल्लासमय रह्यो । तरुल र रोटीको पर्वको रुपमा प्रसिद्ध माघी पर्व नेपालको भुगोल अनुसार फरक–फरक शैलीमा नेपालीहरुले यस पर्वलाई मनाए । पश्चिम कर्णालीदेखि पुर्वमा पाँचथर सम्ममा यस पर्वलाई धुमधामसहित मनाइयो । तराईका थारु समुदाय,मध्यपश्चिमका मगर समुदाय र घले गुरुङ समुदायले यस पर्वलाई विशेष पर्वको रुपमा मनाएका छन् । पुर्वका किरात लिम्बू ,राई,सुनुवार र याख्खा समुदायलेसमेत माघ १ लाई नयाँ वर्षको रुपमा निकै उल्लासका साथ मनाएका छन् । माघ १ गते देशका विभिन्न अवसरमा पर्वका झलकहरु ।

माघ १ गते अवसरका दिन पारेर झापाको कन्काई नदीमा मकर पूजा गर्दे भक्तजनहरु : फोटो रासस
लिःल फङ (घले समाज) केन्द्रीय कार्यालयको आयोजनामा धादिङबेसीमा ल्होसारको अबसरमा मंगलबार वनझाँक्रीसहितको झाँकी प्रस्तुत गरिँदै । तस्वीर ः सीताराम अधिकारी, धादिङ, रासस
नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा मङ्गलबार गोरु जुधाइँदै । तारुकामा २३ हल गोरु जुधाइएको थियो । तस्वीर ः नवदीप श्रेष्ठ, नुवाकोट, रासस
धादिङस्थित घले समुदायले मनाएको ल्होसार पर्वमा नेकपाका अध्यक्षा पुष्पकमल दाहाललाई प्रमुख अतितिको रुपमा स्वागत गर्दै स्थानीय ः फोटो जुगल सापकोटा
लिम्बु समुदायले माघ १ गतेलाई कक्फेवा तङनाम (नयाँ वर्ष)को रुपमा धुमधामकासाथ मनाउने गर्छन् । यले सम्वत ५०७९ को अवसरमा ललितपुरस्थित लिम्बू समुदायले धुमधामले मनाएका छन् । फोटो सुसन साम्साहोङ

 

नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व ¥यालीका सहभागी । तस्वीर ः रोशन सापकोटा, रासस

प्रकाशित : १ माघ २०७५, मंगलबार ००:००