८ जेष्ठ २०८१, मंगलबार । May 21, 2024

Breaking

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदनु पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ुप्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोसु भनी आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार ००:००