६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

Breaking

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्दै



काठमाडौं । सक्तारुढ दलका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको हो ।

सुदुरपश्चिम प्रदेश सरकारका विषयमा सत्ता साँझेदार दलहरुबीच सहमती जुटेको छैन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले विश्वासको मत नदिने बताएकी छिन् ।

आफ्नो माग सम्बोधन नभएकाले मत नदिने निर्णय गरेकको उल्लेख गरिन । रेशम चौधरीलगायतका नेताहरुको रिहाइलाई पहिलो सर्तका रुपमा नाउपाले अघि सारेको छ ।

संयन्त्रको बैठकमा सुदुर पश्चिम प्रदेश सरकार तथा समसामयीक राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रकाशित : २६ माघ २०७९, बिहिबार ००:००