२६ बैशाख २०८१, बुधबार । May 9, 2024

Breaking

मनोजलाई ध्वनी सम्पादक मनास्लु इन्टरनेशनल आइकन अवार्ड



काठमाडौँ । मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । देशको संघिय राजधानी काठमाडौँको राष्ट्रिय नाचघर जमलमा मनास्लु पोष्टको आयोजनामा छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड तथा बृहत सांस्कृतिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन । उनले बिरिसु मिडिया प्रा.लीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ मा पाउ हजुरको बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी उनले पाँचौ मनास्लु राष्ट्रिय अर्वाड २०७८ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रा।लिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड(२०२२ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार ००:००