५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Breaking

बागमती प्रदेशमा २५ पुषभित्र सरकार गठन गर्न आह्वान



हेटौंडा । बागमती प्रदेश सरकार गठनको लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेको समयसीमा दिएर आह्वान गरेको हो ।

बागमति प्रदेशमा कुनै पनि दलले बहुमत नल्याएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आह्वान गरिएको छ ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन चाहिन्छ । केन्द्मा सत्तासमिकरण परिवर्तन भएसंगै यस प्रदेशमा पनि नेकपा एमाले, माओवादी केन्द्र लगायतले सरकार गठन गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित : २१ पुस २०७९, बिहिबार ००:००