४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

सत्ता गठबन्धनमा खटपट



काठमाण्डौ । राष्टपतिले बहुमत पुर्याएर सरकार गठनको दाबी पेश गर्न दिएको समयसीमा सकिनै लाग्दा सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।
गठबन्धन बनाएरै चुनाव लडेका काङ्ग्रेस, माओवादी, एकिकृत समाजवादीका नेताहरुले प्याकेजमै सहमती हुने बताउँदै आएपनि अन्तिम समयमा को पहिलो पालोमा प्रधानमन्त्री बन्ने भन्ने सहमती हुन नसेपछि गबन्धन नै टुट्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटार आज विहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्टपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि माओवादी अध्यक्ष प्रचण्ड बैठक छाडर बाहिरीएका थिए ।

बैठकबाट बाहिरीएका प्रचण्ड निवास खुमलटार पुगेर ओलीलाई भेट्न बालकोट लागेका छन् ।
नेकपा एमाले अध्यक्ष ओली निवास बालकोटमा यस अघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सपापति रवि लामिछाने पुगेका छन् ।
यससंगै सरकार गठनका नयाँ परिदृष्य देखिएको छ ।

 

प्रकाशित : १० पुस २०७९, आइतबार ००:००