४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

खोटाङमा बस दुर्घटना हुदाँ ६ जना घाइते



खोटाङ । उदयपुरको गाइघाटबाट खोटाङ सदरमुकाम दिक्तेल जादै गरेको बस दुर्घटना हुदाँ ६ जना घाइते भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाइतेलाई स्थानीय तथा प्रहरीले उदार गरेका थिए ।

घाइते मध्ये दूईजनालाई थप उपचारका हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित : १० पुस २०७९, आइतबार ००:००