४ जेष्ठ २०८१, शुक्रबार । May 18, 2024

Breaking

समानुपातिक बाकसमा झरेको प्रत्यक्षतर्फको मत गणना सकिदा पनि पाँचथरमा बसन्त नै विजयी



फिदिम । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पछि पाँचथरमा प्रत्यक्ष तर्फको मत गणना सकिदा प्रतिनिधिसभा सदस्यमा ४७ मतान्तरले पूर्व मन्त्री तथा नेकपा ९एमाले०का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ निर्वाचित हुनुभयो । उहाँले कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेलाई पराजित गराउनुभएको हो ।

प्रत्यक्षको मात्र मत गणना सकिएर निर्वाचित हुनुभएका नेम्बाङको जितलाई गठबन्धले अस्विकार गर्दै समानुपातिकको बाकस भेटिएको प्रत्यक्षमा झरेको मत गणना गरेरे जोडिनु पर्ने माग राख्यो र उक्त परिणाम पछि मात्र आधिकारीकता दिनुपर्ने तर्क राख्यो ।

अन्यत्र भन्दा फरक ढंगले निर्वाचन आयोगले पनि समानुपातिकको गणना सकिएपछि मात्र वसन्तलाई प्रमाणपत्र दिने निर्देशन दियो ।

चुनाव जितेर पनि विजयी भएको प्रमाणपत्रबाट वञ्चित गरिएका नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङलाई निर्वाचन आयोगले विजयीको सूचीबाट पनि हटायो । पाँचथरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वसन्तले ३२११० मत पाएर जित्दा कांग्रेसका भीष्मले ३२०६३ मत पाउनुभएको थियो ।

यता समानुपातिकतर्फको सबै मतगणना मङ्गलवार रातिसम्म सकिँदा वसन्तको विजय कायमै रहेको छ । समानुपातिकको बाकसमा भेटिएका मतमध्ये २६ मत रुखमा र २५ मत सूर्यमा पाइएको छ । वसन्तको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको छ ।

पाँचथरको प्रदेशसभाका भने दुवै सीटमा गठबन्धनबाट प्रदेश सभा क बाट नेकपा एसका कमल जबेगू र माओवादी केन्द्र इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ ।

 

प्रकाशित : १४ मंसिर २०७९, बुधबार ००:००