६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

Breaking

आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी



निर्वाचन आयोगबाट काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराइएको छ ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पु¥याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गर्नुभयो । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताउनुभयो ।

आयोगका माननीय आयुक्तहरु, आयोगका श्रीमान् सचिवसहित उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरुका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार ००:००