४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान



राष्ट्रपति विद्यदेवी भण्डारी केहीबेर अघि आइसल्याण्ड प्रस्थान गरेकी छन् । उनी ६ दिने भ्रमणको सिलसिलामा १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा गएकी हुन् ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको विदाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुगेका थिए । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।  विमानस्थलमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति सम्मान अर्पण गरेको थियो ।

यसैबीच, राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्नु भएकाले उहाँले गर्दै आएका कार्यहरू उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने गरी राष्ट्रपतिले तोकेकी छन् ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार ००:००