६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

Breaking

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गोली हानी हत्याको प्रयास



पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई बिहीबार एक राजनीतिक र्यालीमा सहभागी भएको बेला गोली हानी हानिएको छ । यो घटनालाई उनको पार्टीले हत्या प्रयास भनेको छ । यो घटनामा एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
यो घटनापछि खानका समर्थकहरुले विरोध प्रदर्शन गरेको छ ।
कथित आक्रमणको भिडियोमा खानले पञ्जाब प्रान्तको गुजरानवाला सहरको ठीक बाहिर एउटा खुला ट्रकबाट हात्लाउँदै गरेको देखाइएको छ । जब गोली चल्यो त्यहाँ भागदौड भएको छ । m

खानको खुट्टामा गोली लागेको थियो, पाकिस्तान तहरीक(एइन्साफ ९पीटीआई० का वरिष्ठ नेता असद उमरले बताएका छन् । उनले भने गोली लागेको छ, उनको खुट्टामा गोली लागेको छ, उसको हड्डी काटिएको छ । उनको तिघ्रामा पनि गोली लागेको छ ।
खानलाइ लाहोरमा उपचारका लागि लगिएको थियो र उनको अवस्था स्थिर रहेको छ ।
र्यालीमा गोली चलाएको आशंकामा एक व्यक्तिलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पदलाई नाइन एमएमको पेस्तोल र दुई थान म्यागजिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार ००:००