२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

Breaking

देशभरका १७ अस्पतालबाट कोरोना निःशुल्क उपचार



काठमाडौं । सरकारले देशभरका १७ वटा अस्पतालबाट कोरोना भाइरस संक्रमितलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको हो ।

कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । यस्तै, भरतपुर अस्पताल चितवनले पनि कोभिडका बिरामीको निस्शुल्क उपचार गर्नेछ । प्रदेश १ मा विराटनगरस्थित कोसी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नेछन् ।

मधेस प्रदेशका जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बागलुङको धौलागिरी अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तोकिएका छन् ।

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पताल, डडेल्धुरालाई निःशुल्क उपचार हुने अस्तपताल तोकिएको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार ००:००