३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

Breaking

जगदीश समालको ‘सरसर माया’ सार्वजनिक



काठमाण्डौ । चर्चित गायक जगदीश समालको नयाँ गीत सर सर माया को म्युजिक भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा डि।पी खनालको शब्द रचना, शंकर थापा स्माईलुुको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।

अहिलेका ब्यस्त कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नब कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन रहेको छ ।

भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन तथा रंग संयोजन गरेका हुन् । राजिव समरको नृत्य निर्देशन साथै शान थापाको निर्देशन रहेको यस म्युजिक भिडियोलाई गायक समालको अफिसियल युट्युब च्यानल जगदिश समालू मार्फत सार्वजनिक गरिएको छ। हर्क राई र मधु राईको प्रस्तोता रहेको भिडियोलाइ सार्वजनिक भए संगै दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।

प्रकाशित : ८ श्रावण २०७९, आइतबार ००:००