१ जेष्ठ २०८१, मंगलबार । May 15, 2024

Breaking

पुष्पलालको योगदान र प्रेरणले आजको अवस्थामा एमाले : अध्यक्ष ओली



काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिनुभएको योगदानले एमाले आजको अवस्थामा आइपुगको बताउनु भएको छ । ४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले अग्रजलाई सम्मान गरिहँदा फराकिलो मनको साथ अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदनको प्रेरणा लिएर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचल्लित नभई समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने सङ्कल्प गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष ओलीले शहिदहहरुको चर्चा गर्दै शहीदलाई जातीयकरण गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो “जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्छ ।”

प्रकाशित : ७ श्रावण २०७९, शनिबार ००:००