२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

Breaking

नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरको स्वरमा ‘मेरी आमा’ सार्वजनिक



काठमाण्डौं । नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरको स्वरमा रहेका मेरी आमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपक थापा माइथाने मगरको शब्द तथा राज कुमार बगरको संगीतमा रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।
गीतमा जन्मदिने आमाको बारेमा गरिएको छ । आफुलाई हुकाएर आजको स्थान सम्म पुयाएरको आफनी आमा प्रति कृतज्ञ रहेको गीतकार दिपक थापाले बताए । आफनो जन्मदिनको अवसरमा आमाको विषयमा चर्चा गरिएको गीत सार्वजनिक गरेको समेत उनले बताए । विष्णु भटटराईको छायाँकन , कुुशल श्रेष्ठको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा दिपक थापा माइथाने , दिपक थापा मैथाने मगरको आफ्नै जन्म दिने आमा चमेली थापाको अभिनय संगै पारु थापा र पारु थापाको छोरी प्रिन्सीको समेत मनै रुवाउने अभिनय हेर्न सकिन्छ ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार ००:००