२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

Breaking

प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक आज



काठमाडौं। नेकपाको प्रचण्ड समूहको बैठक आज बस्दै छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो।

बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टी केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले बताए।

सोमबार बसेको सचिवालय बैठकको निर्णयअनुसार बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतले फागुनको ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि प्रचण्ड समूहको आगामी प्रतिनिधिसभा बैठक र बैठकमा अविश्वासको प्रस्ताव दर्तासँगै त्यसपछिको सत्ता समीकरणबारेको छलफलमा दौडधूप छ।

प्रतिनिधिसभा बैठक यही फागुन २३ गते ४ बजेका लागि आह्वान भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैठक आह्वान गरेकी हुन्।

रकारले गत पुस ५ गते ताजा जनादेशका लागि भन्दै प्रतिनिधिसभा विघटनको निर्णय गरेको थियो।

त्यसपछि सत्तारूढ नेकपा राजनीतिक रूपमा नेकपाको ओली समूह र प्रचण्ड समूहमा विभाजित भएको छ।

पार्टी आधिकारिताको विवाद पनि निर्वाचन आयोगमा छ। आयोगले विवादलाई निरूपण गर्न सकेको छैन।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००