११ बैशाख २०८१, मंगलबार । April 24, 2024

ग्लोबल

हराईरहेका विमानको टुक्रा नौसेनाले समुन्द्रमा भेटाए



काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन विमानको टुक्रा समुन्द्रमा भेटिएको नौसेनाले बताएका छन् । इन्डोनेसियाका अधिकारीहरूले बोइङ ७३७ दुर्घटना भएको ठाउँ भेट्टिएको जनाएको बिबिसीले उल्लेख गरेको छ ।

जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको श्रीविजया एयर बोइङ ७३७ विमान वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो। जसमा दुई पाइलट र चार चालक दलका सदस्य र ५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन् ।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडार२४डटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००