६ श्रावण २०८१, आइतबार । July 21, 2024

समाचार

मुख्यमन्त्रीद्धय गुरुङ र पोखरेललाई नेकपा प्रचण्ड-नेपाल समूहबाट कार्वाही



काठमाडौं २० पुष । प्रचण्ड– नेपाल समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । गुरुङ र पोखरेल गण्डकी र ५ लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत हुन् ।

माधवकुमार नेपालको अध्यक्षतामा सोमबार पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएको छ ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने प्रचण्ड नेपाल समूहकै नेता इन्चार्ज छन् ।

प्रकाशित : २० पुस २०७७, सोमबार ००:००