१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

Breaking

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु



स्याङ्जा । स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्युु भएको छ । वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको करेण्ट लागेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार ००:००