४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते



काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी बिहान आपसमा ठोक्किँएको थियो ।

सवारी दुर्घटना हुँदा १४ जना घाइते छन् । बस र बलेरोसंगै एउटा स्कुुटर र मोटरसाइकल समेत ठोकिएको थियो । दुर्घटनामा घाईते मध्ये पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल आठ जना र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार ००:००