३० बैशाख २०८१, आइतबार । May 13, 2024

Breaking

कम्युनिष्टबीच एकता आवश्यक छ : उपमहासचिव गुरुङ



काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन् ।

आव प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै गुरुङ कम्युनिष्टबीच नै संयुक्त मोर्चा, कार्यगत एकता हुँदै पार्टी एकताको आवश्यकता रहेको बताएका हुन ।

गुरुङले सबै कम्युनिष्ट पार्टीहरुका लक्ष्य समाजवाद भएकाले नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०लगायत अन्य साना सबै कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै पार्टी एकता हुनु पर्नेमा जोड दिए ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको नीति एमालेको भन्दा फरक नरहेको र पार्टीको नाम मात्र फरक रहेको उल्लेख गर्दै एउटै बनाउनु पर्नेमा जोडदिए ।

प्रकाशित : १६ भाद्र २०८०, शनिबार ००:००