८ श्रावण २०८१, मंगलबार । July 23, 2024

Breaking

माओवादीको विशेष रुपान्तरण अभियान आजबाट सुरु



काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ विशेष अभियान सुरु गरेको छ । पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन सुरु गरिएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गरे ।

गत साउनान राजधानी काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : १६ भाद्र २०८०, शनिबार ००:००