२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Breaking

प्रतितोला रु तीन सयले घट्यो सुनको मूल्य



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ ।
हिजो प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख १२ हजार दुई सय ५० थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार ००:००