५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Breaking

कोशी प्रमूखद्धारा विराट राजाको भग्नावशेष दरबारको अवलोकन



विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर १८, भेडियारीमा रहेको प्राचीन विराट राजाको भग्नावशेष दरबार र उत्खनन् गर्दा पाइएका वस्तुको अवलोकन गरेका छन् ।

विराट राजा प्राचीन दरबार खोज तथा संरक्ष समिति, नेपालका अध्यक्ष कमल किशोर यादवले भग्नवशेष दरबारको अवस्था, सङ्ग्राहलायको निर्माण, किच्चकवध पोखरीको निर्माणबारे प्रदेश प्रमुखज्यूलाई जानकारी गराए । साथै, सङ्ग्राहलायको निर्माण कार्य सम्पन्न भएपनि विशेष सुरक्षालाई दर्शाउँदै उत्खनन् गर्दा पाइएका वस्तुहरु आफ्नै घरमा सुरक्षित राखिएको जनाउँदै ति वस्तुहरुलाई देखाएका थिए ।

वि।सं। २०५४ सालदेखि यादवसँग ढुङ्गाको प्राचीन नापतौल लिने वस्तु, शिलालेख, सिमाला, इँटालगायत ३१ किसिमका वस्तुहरु सुरक्षित छन् । विराट राजाको दरबारमा पाण्डवहरु गुप्तबास बसेको हुनाले हस्तिनापुरबाट भेदी ९गुप्तचर० पठाइएको हुनाले भेडीयारी ठाउँको नाम हुन गएको यादवले जानकारी दिए ।

प्रकाशित : ३ भाद्र २०८०, आइतबार ००:००