२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Breaking

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक शनिबार बिहान यात्रु बाहक बस दुर्घटना हुदाँ २६ घाईते भएका छन् । तीन जनाको अवस्था गम्भिर छ ।

दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिए थिए ।
घाइते मध्ये ५ जनालाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

 

प्रकाशित : २ भाद्र २०८०, शनिबार ००:००