५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

Breaking

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो हप्ता



भक्तपुर । कक्षा १२ को  नतिजा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरुका लागि ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को नतिजामा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको हो ।
यस भन्दा पहिलाका बर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।
यस वर्षदेखि परिमार्जन भएको छ जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार ००:००