९ श्रावण २०८१, बुधबार । July 24, 2024

Breaking

आजदेखि मौसममा क्रमिक सुधार हुने, सुदूरपश्चिम र कर्णालीमा भारी बर्षाको सम्भावना



काठमाडौं । सोमबारबाट मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले उल्लेख गरेको छ ।
आज दिउसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

आज राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार ००:००