१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

आज मन्त्रिपरिषद पुनर्गठन गरिंदै

जनमत सरकारमा सहभागी हुने



 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले आज मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टीबाट मन्त्री बनेको एकजनालाई हटाएर सरकारमा सहभागी गराउन लागेका हुन ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट अनिता देवीलाई यस अघि नै सिफारिस गरिसकेको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा जनमत पार्टीलाई सहभागी गराउन एक जना मन्त्री हट्नै पर्नै हुन्छ । प्रधानमन्त्रीका सचिवालयले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी भएको उल्लेख गरेका छन् ।

यसअघि नै सरकारमा सहभागी भएको जनमत मन्त्रालय भागबण्डामा असन्तुष्ट भएपछि सरकार छोडेको थियो

प्रकाशित : २८ श्रावण २०८०, आइतबार ००:००