६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

संखुवासभा कारागारभित्र मृत्युप्रकरण : निष्पक्ष छानबिन गर्न आफन्तको माग



खादबारी । सङ्खुवासभाको जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले छानबिनको माग गरेका छन् । मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो।
कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्नुपर्ने आफन्तहरुले माग गरेका छन् । पीडित पक्षले घटनामा प्रहरीको समेत मिलेमत्तो हुने सक्ने आंशका गरेका छन् ।

प्रहरी सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिट गरि हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको उनीहरुको आरोप छ । मृतककी दिदी आफन्तले प्रहरीले सिसीटिभी फुटेज अझै बाहिर नल्याएकोले प्रहरीप्रति नै शंका भएको बताए । घटनाको वास्तविकता बाहिर नआएसम्म शव नउठाउने छन् आफन्त ।

प्रहरीले भने बन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको बताएका छन् । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य छानबिन गर्ने बताएका छन् ।

प्रकाशित : २५ श्रावण २०८०, बिहिबार ००:००