२२ बैशाख २०८१, शनिबार । May 5, 2024

Breaking

देशका मुख्य राजमार्गहरुको विभिन्न सडक खण्ड अवरुद्ध



काठमाडौं । अविरल बर्षाका कारण देशभरका मुख्य राजमार्गहरु अवरुद्ध भएछन् ।
भारी बर्षाका कारण बाढी पहिरोका कारण मध्यपहाडी, कान्तिपथ, मदनभण्डारी राजमार्ग, पृथ्वीराजमार्ग, कालिगण्डकी करिडोर लगायत देशका मुख्य राजमार्गहरुका विभिन्न सडक खण्ड अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड अन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

त्यहाँ एकतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको केसीले जानकारी दिएका छन् ।
गलुवाको पहिरो हटाएर करिडोर आज दिनभर लाग्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।
त्यस्तै चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । मंगलबार बिहान पहिरोसंगै लेदो खसेकाले सडक अवरुद्ध छ ।

पहिरो पन्छाउन तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुदाँ लामो तथा छोटो दुरीका सवारी साधन अलपत्र परेको छ ।

बर्षापछि गएको पहिरोका कारण हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई राजमार्ग अवरुद्ध भएका छन् । पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

 

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार ००:००