१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

Breaking

नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
मंगलबार बिहान पहिरोसंगै लेदो खसेकाले सडक अवरुद्ध छ ।

पहिरो पन्छाउन तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुदाँ लामो तथा छोटो दुरीका सवारी साधन अलपत्र परेको छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार ००:००