१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

सदनको गतिरोध खुलाउन सिंहदरबारमा शीर्ष नेताहरुको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद्को अवरोधको खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।

दिउँसो १२ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले आग्रह गर्ने सभामुखको सचिवालयले उल्लेख गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ङ, सहित प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा ती पार्टीका प्रमुख सचेतकहरु सहभागी हुनेछन् ।
नेकपा एमालेले एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

दुवै सदनका बैठक आज दिउँसो १ बजे तय गरिएकाले सो अगाडी सहमतीको पहल गर्न बैठक बोलाइएको हो ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार ००:००