२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Breaking

नेकपा एसका अध्यक्ष नेपाल जेनेभा प्रस्थान



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा विभिन्न देशमा आयोजना हुने कार्यक्रममा सहभागी नेपाल त्यता प्रस्थान गरेका हुन ।

नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनका सचिवालयले जनाएको छ । अध्यक्ष नेपाल बाहिर रहदा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले सम्हाम्हाल्ने उल्लेख गरिएको छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार ००:००