९ श्रावण २०८१, बुधबार । July 24, 2024

Breaking

दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता



दोलखा । अविरल बर्षाका कारण गएको पहिरोमा परि दोलखामा एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

भारी बर्षाका कारण जिल्लाको गौरीशङ्कर गाउँपालिका अत्यधिक प्रभावित भएका छन् । पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती रहेका छन् ।
पहिरोमा पनिर स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको मृत्यु भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजी तीव्र पारिएको छ । घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ ।

उद्धारमा सुरक्षाकर्मी र स्थानीय स्थानीय खटिएका छन् ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार ००:००