१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

माओवादी केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि यहाँ सुरु भएको छ । काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बैठक सुरु भएको भएको हो ।

बैठकको सुरुवातमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्े । सम्बोधन गर्दै प्रचण्डले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको उल्लेख गरे ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसुची रहेको छ ।
बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ । बैठक पाँच दिनसम्म चल्नेछ ।

केन्द्रीय समिति बैठक अगाडि आज बिहान माओवादीको पदाधिकारी र स्थायी समितिको बैठक बसेको थियो । बैठकले अध्यक्ष दाहालको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको थियो ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार ००:००