६ श्रावण २०८१, आइतबार । July 22, 2024

Breaking

मध्यपहाडी लोकमार्ग अवरुद्ध



ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल)मध्यपहाडी लोकमार्ग अन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण लोकमार्ग अवरुद्ध भएको हो ।

निसीखोला गाउँपालिका-४ र ५ को सिमाना धरमशाला र कालापैरा-२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातीदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले बताए ।

वर्षा हुने बित्तिकै लेदो झर्ने भएकाले यातायात अवरुद्ध हुने गरेको पौडेलले जानकारी दिए । । रुकुम पूर्वदेखि काठामाडौँ, पोखरालगायत ठाउँ जाने यातायातका साधान कालापैरामा ठप्प छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका छन् ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार ००:००