१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

सुन प्रकरण : एजेन्टसहित छ जना पक्राउ



काठमाडौ । करिब एक सय किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले झण्डै जनालाई पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको कार्य तीव्र पारिएको छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।
विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको हो । सुन हङकङबाट ल्याइएको खुलेको छ ।

प्रकाशित : ४ श्रावण २०८०, बिहिबार ००:००