काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आफ्नो अभिव्यक्तिलाई मिडियाले तोडमोड गरेको र त्यसैका आधारमा आफुमाथी प्रहार भइरहेको बताएकी छिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाललाई श्रद्धाञ्जली दिन बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेकी तोसिमा कार्कीले त्यहाँ केहि मिडियालाई दिएको बाइट अहिले विवादमा छ ।
न्यूनतम मानवीयता पनि नराखी दुःखको बेलामा समेत असंवेदनशिल भई बोलेको भन्दै सांसद कार्कीको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
कार्कीले फेसबुकमा लामो स्टाटस लेख्दै पुरा भिडियो हेरेर मात्र धारणा बनाउन आफुलाई आलोचना गर्नेलाई आग्रह गरेकी छिन् ।
प्रतिक्रिया