७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

Breaking

ललितानिवास प्रकरण सरकारको पोलिटिकल स्टन्ट : ओली



 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा सरकारले पोलिटिकल स्टन्ट मात्र गरेको दाबी गरेका छन् ।

शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट बाहेक केही नगर्ने बताए ।
स्ववियु काउन्सिलको १० औ राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम किर्तिपुरमा ओलीले भने यो सरकारको नाटक मात्र हो । आफूलाई हिरो देखाउनु स्टनट मात्र हो । यो सरकारले केहि गर्दैन ।
उनले स्टनटमा भन्दा नेकपा एमालेले स्वच्छता, पारदर्शिता, कानुनीराज, लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने बताए ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार ००:००