६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

एसइईको नतिजा आज सार्वजनिक हुदै, यसरी हुर्नुहोस नतिजा



काठमाडौ । माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पुरा भएको र आज साँझसम्म नतिजा सार्वजनिक हुने बताएको छ ।
उत्तरपुस्तिका परीक्षणपछि, प्राविधिक काम पनि सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा इन्ट्री, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका अन्तिम प्राविधिक कार्य भइरहेको बोर्डले उल्लेख गरेको छ ।
२०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको बोर्डले जनाएको छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसइई परिक्षामा चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।
नतिजा यसरी हेर्न
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको नतिजा हेर्न सहज वातावरण तयार गरेको बोर्ड प्रशासनले जनाएको छ ।
परीक्षाको नतिजा थाहा पाउन १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने छ । अनलाईनबाट पनि नतिजा हेर्न सकिन्छ ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सकिने छ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको  www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने छ ।

प्रकाशित : २१ असार २०८०, बिहिबार ००:००