२९ चैत्र २०८०, बिहिबार । April 11, 2024

Breaking

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल



काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री माननीय नारायणकाजी श्रेष्ठसँग निर्वाचन आयोगले छलफल गरेको छ । आज भएको भेटमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र०८१ को बजेट कार्यक्रममा आयोग मातहतका जिल्ला निर्वाचन कार्यालयहरूको खारेजी, प्रस्तावित एकीकृत निर्वाचन कानून ९निर्वाचन व्यवस्थापन ऐन, राजनीतिक दलसम्बन्धी ऐन, मतदाता नामावली दर्ता कार्यलाई थप व्यवस्थित गर्ने विषय एवं निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको उपयोगका विषयमा छलफल भयो ।

उक्त कार्यक्रममा आयोगको तर्फबाट गरिएको प्रस्तुति पश्चात् माननीय उपप्रधान तथा गृहमन्त्रीज्यूले लोकतन्त्रमा निर्वाचनको असाधारण महत्व रहेको र आयोगको प्रयास निर्वाचनलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मर्यादित र पारदर्शी बनाउने विषयमा केन्द्रित रहेकाले आयोगले उठाएका विषयहरूमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको तथा प्रस्तुत विषयमा थप छलफल र परामर्श गरी मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गरिने बताउनुभयो । साथै आयोगका जिल्लास्थित कार्यालय खारेजीका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू तथा माननीय अर्थ मन्त्रीज्यूसँग छलफल गर्ने र आवश्यकता अनुसार आयोगसँग परामर्श गरी निर्णयमा पुग्ने बताउनुभयो ।

आयोगको तर्फबाट प्रस्तुतिकरण गर्दै प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरू र राष्ट्रिय महत्वको विषयमा जनमत संग्रहसमेतको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवं स्वायत्त आयोगलाई आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने कर्मचारी, स्रोतसाधन र भौतिक संरचना तीनै तहका सरकारले उपलब्ध गराउनु पर्ने संवैधानिक दायित्व रहेको र आयोगले आवश्यकता अनुसार प्रदेश तथा तोकिए बमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने अधिकार निर्वाचन आयोग ऐनमा रहेको व्यवस्थालाई नजरअन्दाज गरी आर्थिक वर्ष २०८०र०८१ को बजेट कार्यक्रमको अनुसूची मार्फत् आयोगका जिल्लास्थित निर्वाचन कार्यालय खारेजी गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

सञ्चालनमा रहेका आयोगका जिल्लास्थित संरचनाहरूको खारेजी गर्ने सरकारको निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तत्ता र सक्षमतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था उत्पन्न भएको छ । साथै बिना अध्ययन, तयारी र वैकल्पिक व्यवस्थापनको आधार समेत खडा नगरी भएकोे खारेजीको प्रस्तावबाट निर्वाचनको व्यवस्थापनको सन्दर्भमा विभिन्न चुनौती एवं जटिलता देखिने तथा आयोगका संरचनालाई अझ बढी सबल, सक्षम, प्रभावकारी एवं प्रविधिमैत्री बनाउँदै लैजाने आयोगको योजनामा नकारात्मक असर पर्नजाने कुरा प्रमुख निर्वाचन आयुक्तले बताउनुभयो ।

आयोगले गर्दै आएको काम सरकारको कार्यकारी संयन्त्र ९जिल्ला प्रशासन कार्यालय० मार्फत कार्य गर्ने गराउने भन्ने निर्णयले बालिग मताधिकार र आवधिक निर्वाचन मार्फत जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत गर्ने कार्यमा अवरोध सृजना हुँदै जाने अवस्थाले अन्ततः नेपालको निर्वाचनको वैधतामाथि प्रश्न चिन्ह उठ्न सक्ने बताउनुहुँदै प्रमुख निर्वाचन आयुक्तले तीनै तहको आवधिक निर्वाचनको लागि नियमित कार्यसम्पादन गर्न, मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई निरन्तरता दिन, मतदाता शिक्षालाई स्थानीय तहमा विस्तार गर्न, सम्मानित अदालतमा रहेका निर्वाचन सम्बन्धी विवाद सम्बद्ध कागजातहरूको विश्वसनीय सुरक्षण गर्न समेत तत्काल चुनौती आउने विचार व्यक्त गर्नुभयो । यससम्बन्धमा आयोगले सम्माननीय प्रधानमन्त्री, माननीय अर्थमन्त्री एवं कानून मन्त्रीसँग यथाशीघ्र छलफल गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
साथै प्रस्तुतिकरणको क्रममा प्रमुख निर्वाचन आयुक्तले प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था, सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेश एवं नेपाल सरकारको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिए अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट मतदाता नामावली दर्ता सुरु गर्न तथा मौजुदा कानूनको परिधिभित्र रही सबै स्थानीय तहका वडा कार्यालयहरूबाट मतदाता दर्ता कार्य प्रारम्भ गर्ने गरी आयोग तयारी अवस्थामा रहेको बताउनुभयो ।

आयोगको सभाहलमा आयोजित छलफल कार्यक्रममा निर्वाचन आयोगका माननीय आयुक्तज्यूहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृहमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार ००:००